झापामा जलाउनै लागेको शव प्रहरीको कव्जामा

इटहरी । झापाको कन्काई नदिमा जलाउन तयार गरेको शव अनुसन्धानको लागि भन्दै प्रहरी कव्जामा लिएको छ ।

प्रहरीले कनकाई नदिस्थित घाटमा दाहसंस्कार गर्न लगिएको एक महिलाको शवलाई नियन्त्रणमा लिएको हो । कनकाई नगरपालिकास्थित माई खोलाको घाटबाट मृत्यु शिवसताक्षी नगरपालिका–९ घर भई हाल कनकाई नगरपालिका–३ सुरुङ्गामा डेरा गरी बस्ने ३२ वर्षीय पूजा कोचकारको शवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

इलाका प्रहरी कार्यालय सुरुङगा र बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउँसो दाहसंस्कार गर्न लागिएको शव नियन्त्रणमा लिएको हो । श्रीमान् र जेठी श्रीमतीको कुटपिटबाट कान्छी श्रीमति पूजाको मृत्यु भएको हुनसक्ने आशंकामा स्थानीयले प्रहरीमा मौखिक उजुरीमा दिएपछि शवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पूजाको उपचारका क्रममा कञ्चनजंघा अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो। शवलाई घाटबाटै नियन्त्रणमा लिएर प्रहरीले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको रिजालले बताएका छन् । माघ १८ गते घरमा अचानक बेहोस भएपछि पूजालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। प्रादेशिक अस्पतालले उनलाई माघ २० गते रेफर गरेपछि थप उपचारका लागि कञ्चनजंगा अस्पताल बिर्तामोड भर्ना गरिएको थियो।

पूजाका श्रीमान् ५० वर्षीय चोपेन्द्र कोचकार घर निर्माण सम्बन्धी ठेक्कापट्टाको काम गर्दै आइरहेका छन् । चोपेन्द्रका दुई श्रीमतीमध्ये पूजा कान्छी श्रीमती हुन्। पुजाको १० वर्षको एक जना छोरा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.