दलित महिला केन्द्र नेपालको अन्तर्रक्रियायामा जनप्रतिनिधिको गुनासा “महिला जनप्रतिनिधिलाई चुनौती छ, पालिकामा हाम्रा कुरा नै सुनिँदैन”

इटहरी । दलित महिला केन्द्र नेपालले राजनितिक दलका नेता र महिला जनप्रतिनिधिबीच सोमबार इटहरीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

महिला जनप्रतिनिधिलाई नेतृत्व तहमा पुग्न बिभिन्न तालिम कार्यक्रमको आयोजना गरिरहेको सि लडिस् कार्यक्रम अन्तर्गत सोमबार भने महिला जनप्रतिनिधि र राजनितिक दलका नेताले उनिहरुलाई कसरी क्षमता वृद्धिमा सहयोग गर्छन भन्ने बिषयमा बहस गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागि अधिकांश महिला जनप्रतिनिधिले सि लडिस् कार्यक्रमले आफुहरुलाई माइक समातेर बोल्न सिकाएको बताउँदै पालिकामा आफ्नो सहभागीलाई अर्थपूर्ण बनाउन लागि परेको बताए ।

कोशी गाउँपालिकाको वडा नम्बर १ की वडा सदस्य निर्मला मण्डलले पार्टीबाट पनि महिलाहरु हेपिने गरेको बताइन । आफु जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गरेर वडामा आएको बताउने मण्डलले आफु अहिले पार्टीको कुन पदमा छु भन्ने समेत जानकारी नगराउने गरेको सुनाउँछिन् ।

 

यता धरान उपमहानगरकी कार्यपालिका सदस्य निर्मला नेपालले कार्यपालिकामा, नगरसभामा सकेसम्म कार्यपालिका सदस्य नबोले हुन्थ्यो जस्तो गरिने गरेको सुनाइन ।
उनले पूर्वाधारको बजेटमा पुरुषको मनोमानी हुने र सामाजिक विकास को बजेटमा समेत महिला जनप्रतिनिधिको कुरा नसुनिने गरेको गुनासो गरिन ।

यता रामधुनी नगरपालिकाकी कार्यपालिका सदस्य सुशिला ढुंगानाले दलका नेताहरुले महिलाहरुलाई अगाडी बढाउनु पर्ने बताइन भने बराहा क्षेत्र नगरपालिकाकी दुर्गा राईले महिलाहरु अन्यायमा रहेको बताउँदै संविधानमा भएपनि वास्तविकतामा समानता नरहेको बताएकी छन् ।
अन्तरक्रिया कार्यक्रममा सुनसरी जिल्लाबाट प्रतिनिधित्व गर्ने बिभिन्न पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने ३० जनाको हाराहारीमा महिला जनप्रतिनिधिहरु रहेका थिए ।

अन्तरक्रियामा सहभागि महिला जनप्रतिनिधिको कुरा सुनिसकेपछि राजनितिक पार्टीका जिम्मेवार नेताहरुले आफ्नो पार्टीबाट महिलाहरुलाई नेतृत्वमा सहभागि गराउने साथै अन्यायमा परेकालाई न्यायको पक्षमा वकालत गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.