ब्राउन सुगर सहित १ जना पक्राउ

झापा ।झापाको दमक नगरपालिका-९ चिया वगान स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो साढे १० बजे लागुऔषध बिक्री वितरण भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय रोहित गौतमलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम बरामद गरेको थियो ।
ब्राउन सुगर सङै गौतम समेत पक्राउ परेका छन ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको दमक प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.