कर्जा निक्षेपको अनुपात  नमिलाउदा कुमारी र हिमालयन बैंकलाइ जरिवाना, तोकेभन्दा बढी ब्याज लिने प्रभुलाइ सचेत गराइयो

इटहरी । कर्जा र निक्षेप अनुपात कायम नगरेको कारण राष्ट्र बैंकले कुमारी र हिमालयन बैंकलाइ जरिवाना गराएको छ ।

कुमारी बैंकले गत माघ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेको कारण ५९ लाख ६३ हजार रूपैयाँ जरिवाना गरिएको छ भने

हिमालयन बैंकले पनि गत कात्तिक महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेपछि एक करोड ३९ लाख रूपैयाँभन्दा केही बढी जरिवाना गरिएको हो। कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्छ।

यता प्रभु बैंकले तोकिएकोभन्दा बढी ब्याज लिएको, कर्जा नोक्सानी व्यवस्था सही रुपमा कायम नगरेको र जोखिम सम्पत्तिको भारको गणना सही रुपमा नगरेको कारण कारबाही गरेको हो। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गरिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.