दुर्गा साकोसको साधारण सभा भदौ २० देखि २३ सम्म

इटहरी । सुनसरीको इटहरीमा मुख्य कार्यलय रहेको  दुर्गा बचत तथा ऋण सहकारी संस्थाले भदौ २० गतेबाट आफ्नो बार्षिक साधारण सभा गर्ने भएको छ । संस्थाले बुधबार एक सार्वजनिक सुचना जारी गर्दै बार्षिक साधारण सभाको मिति सार्वजनिक गरेको हो ।

संस्थाले सुनसरीको धरान सेवा केन्द्रमा भदौ २० गते, २१ गते कालाबन्जार बजार क्षेत्र र २२ गते खनार क्षेत्रका सदस्यलाई लक्षित गर्दै साधारण सभा बोलाएको छ भने २३ गते इटहरी र सुन्दर हरैँचा का सदस्यलाई लक्षित गर्दे साधारण सभामा आउन निमन्त्रणा गरेको छ ।

इटहरीमा मुख्य कार्यलय रहेको दुर्गा साकोसले इटहरी उपहानगरको सबै वडा, धरान उपमहानगरको सबै वडा , रामधुनी नगरपालिकाको सबै वडा , बराहाक्षेत्र नगरपालिकाको सबै वडा , दुहवी नगरपािलका जम्मै वडा , मोरगंको सुन्दरहरैचा नगरपालिकाको सबै वडा र सुनसरीको गढी गाउँपालिकाको सबै वडा कार्यक्षेत्र लिएर सदस्य बिच वित्तीय कारोबार गरीरहेको संस्थाका व्यवस्थापक कुमार निरौला बताउँछन् । ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.