सात लाख दिएर पन्ध्र लाख मागेपछि जिल्ला प्रशासन हातामै बिष सेवन, हस्पिटलमा मृत्यु

इटहरी । कागजात विनाको मिटर व्याजबाट पिडित भएको एक युवकको मृत्यु भएको छ । आफुले ७ लाख ऋण लिएको बताएपनि दिनेले १५ लाख ऋण दिएको भन्दै दावी गरेपछि मिटर व्याजीको उजुरी दिएका मोरगंको कटहरी गाउँपालिका वडा नम्बर ३ का ३२ बर्षिय बिनित सोनारको बिष सेवन पछि मृत्यु भएको हो ।

सोनारले जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा विष सेवन गरेका थिए । साउन ७ गते प्रशासन कार्यालय मोरङबाट छलफल सकेर बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि कार्यालय परिसरमै उनले विष सेवन गरेका थिए ।

डा. नितेष तिवारीविरुद्ध सोनारकी पत्नी रीता सोनारले मिटरब्याजबाट पीडित भएको उजुरी दिएकी थिइन् । प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई साउन ७ गते छलफलका लागि बोलाएको थियो ।

विष सेवनबाट गम्भीर घाइते भएका उनलाई सुरुमा कोशी अस्पताल र त्यसपछि नोबेल मेडिकल कलेज लगिएको थियो । नोबेलमा उपचारका क्रममा मृत्यु भएको मोरङका डिएसपी छेदीलाल कामतीले जानकारी दिए ।

तिवारीविरुद्ध मिटरब्याजको उजुरी दिएका सुनारलाई प्रहरीले दुईवटा छुट्टाछुट्टै चेक बाउन्स मुद्दामा पक्राउ पूर्जी जारी गरेको थियो । साउन ७ गते मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले दुवै पक्षलाई राखेर छलफल गराएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.