करेन्ट लागेर रामधुनी ९ का निरज चौधरीको मृत्यु 

इटहरी । करेन्ट लागेर सुनसरीको रामधुनी नगरपालिका-९ का निरज चौधरीको मृत्यु भएको छ ।

बुधबार  राती साढे ११ बजे स्थानीय २० बर्षीय निरज चौधरी शौचालय जाने क्रममा अचानक काटिएको विद्युतीय तारमा टेक्न पुग्दा करेन्ट लागि घाईते भएका थिए ।

चौधरीलाइ उपचारको लागि टिचिङ अस्पताल बिराटनगर लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.