इटहरी । नीजि तथा आवासीय विद्यालयहरुको छाता संस्था प्याब्सनका सुनसरी संस्थापक तथा पुर्व जिल्ला अध्यक्ष मदन श्रेष्ठको मंगलबार निधन भएको छ ।
धरानको मेरी गोल्ड तथा विजयपुर स्कुलका संस्थापक समेत रहेका श्रेष्ठको मंगलबार मृत्यु भएसँगै बुधबार एक दिनका लागि सुनसरी जिल्ला भरमा प्याब्सनमा आवद्ध विद्यालयहरु बन्द हुने भएका छन् । जिल्ला प्याब्सन सुनसरीले मंगलबार एक सुचना सार्वजनिक गर्दै बुधबार शोक विदा मनाउन परिपत्र गरेको छ ।
परिपत्रमा प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जनले हस्ताक्षर गरेका छन् । स्वर्गीय मदन प्रसाद श्रेष्ठको प्याब्सनलाई सुनसरीमा स्थापना गर्न महत्वपुर्ण भुमिका रहेको र उहाँको योगदान अविस्मरणीय रहने प्याब्सन सुनसरीका उपाध्यक्ष रमेश कार्कीले बेष्ट सञ्चारलाई बताए ।