रामधुनी नगरपालिकाको पशु सेवा शाखाले रामधुनी गौशालामा सरसफाई

राजन भट्टराई ।

रामधुनी ।  रामधुनी नगरपालिकाको पशु सेवा शाखाले रामधुनी मन्दिरको गौशालामा सरसफाई गरेको छ ।

पछिल्लो समय गाई गोरुमा देखिएको लम्पि स्किनको समस्याले आक्रान्त परिरहेका बेला झिँगा, लाम्खुट्टेले ले रोग सार्ने भन्दै सरसफाइमा ध्यान दिनुपर्ने भन्दै सरसफाइको आयोजना गरिएको रामधुनी पशु सेवा शाखाका प्रमुख दुर्गा प्रसाद पराजुलीले बताए ।

केही समय अगाडि रामधुनी बाबा वनखण्डि गुठी व्यावस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले लम्पि स्किनले संक्रमित गाईको फोटो सार्वजनिक गर्दै जिल्ला विज्ञ केन्द्र र रामधुनी पशु सेवा शाखाले चासो नदिएको भन्दै आलोचना गरेपछि पशु प्राविधिकको मात्रैले केही हुन नसक्ने भन्दै शाखा प्रमुख पराजुलीले सरसफाइ र संक्रमित पशुलाई ग्रेडिङ गरेर विशेष निगरानी गर्नु पर्ने जनाएका थिए ।

पशुलाई थप संक्रमित हुन नदिन सरसफाइलाई विषेश ध्यान दिनुपर्ने भएपनि रामधुनीको गौसालमा धेरै गाई गोरु भएको र आवश्यक हेरचाह हुन नसकेको भन्दै पशु सेवा शाखाले सरसफाइ गरेको हो ।

नियमित निगरानी पछि संक्रमित गाईगोरु पनि निको भएको र अन्य सबै गाई गोरुलाई भ्याक्सिन हानिसकिएको हुदा संक्रमण फैलिने अवस्था नरहेको सरसफाईमा संलग्न पराजुलीले बताएका छन् ।

सरसफाइ कार्यक्रममा रामधुनी नगरपालिकाका पशुसेवा शाखाका कर्मचारी र अन द जव टेनिगंमा आएका विद्यार्थी गरी करिव १५ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.