इटहरी अस्पतालमा डेंगीका ८ बिरामी भर्ना, उपमहानगरले डेङ्गी रोगको परिक्षण र उपचार निशुल्क गर्ने

इटहरी । इटहरी अस्पतालमा डेंगी संक्रमणका ८ जना विरामी भर्ना भएर उपचार गरिरहेको अस्पतालले बताएको छ । तराईमा बढ्दो डेंगीको समक्रमणसँगै धरान उपमहानगर अस्तव्यस्त बनेसँगै इटहरीमा पनि डेंगीका विरामीको संख्या बढीरहेको इटहरी अस्पतालमा प्रशासन प्रमुख दामोदर गौतम बताउँछन् ।

१० शैयाको इटहरी अस्पतालमा डेंगीका मात्रै ८ जना विरामी भर्ना भएको र विरामीको अवस्था हेरेर सामान्यतया ३ दिनमा डिस्चार्ज गर्ने गरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट बताउँछन् ।

यता इटहरीको स्थानीय सरकारले इटहरी र इटहरी क्षेत्रमा पछिल्लो समयमा डेङ्गी संक्रमण बढ्न थालेको भन्दै डेंगीको निशुल्क परिक्षण गदिदिने निर्णय गरेको छ ।

सोमबार बसेको नगर कार्यपालिकाको बैठकले डेंगी संक्रमणमा विशेष सतर्कता अपनाउने भन्दै इटहरी बासीको लागि इटहरी अस्पतालमा लाग्ने खर्च र डेङ्गी जाँच निशुल्क गरिदिने भएको हो ।

कार्यापालिका तथा नगर सदस्यहरु सहितको बैठकमा मेयर हेम कर्ण पौडेलले इटहरी अस्पतालमा डेङ्गी परिक्षण र अस्पतालमा लाग्ने सम्पुर्ण खर्च निशुल्क गरिदिने घोषणा गरेका हुन ।

साथै उपमहानगरले डेङ्गी रोग विरुद्ध खोज र नष्ट अभियान चलाउने भएको छ । अघिल्लो साल डेंगी विरुद्धको औषधी छर्केर लाखौँ रकम सिद्धयाएको उपमहानगरले यस पटक भने खोज र नस्ट गर अभियान सन्चालन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.