डेंगी नियन्त्रणका लागि झुम्का बजारमा खोज र नस्ट गर कार्यक्रम

रामधुनी नगरपालिकाको झुम्का बजार क्षेत्रमा डेंगी संक्रमण फैलन नदिन सम्भावित लार्भा बस्ने ठाउँमा खोज र नस्ट गर कार्यक्रम सञ्चालन गरिएको छ ।

डेंगीको नियन्त्रणमा औषधि छर्कने भन्दा लार्भा खोज्ने र नस्ट गर्ने काम नै प्रभावकारी भएको ठहर भएपछि रामधुनी नगरपालिका वडा नम्बर १ र ५ को सयुक्त पहल साथै उद्योग वाणिज्य संघ, सेभ द अर्थ लगायतका संस्थाको सहकार्यमा खोज र नस्ट गर कार्यक्रम सन्चालन गरिएको छ ।

नगर प्रमुख शंकरलाल चौधरी तथा उप प्रमुख तारा थापाको नेतृत्वमा निस्किएको टोलीले बजारमा होटल, ग्यारेज तथा किराना पसलमा पानी जमेका ठाउँको पानी नस्ट गर्दै लार्भा खोज्ने र नस्ट गर्ने काम गरेको हो ।

सो अवसरमा जनचेतना जगाउने उदेश्यले बजारमा डेंगीबाट जोगिने सावधानीका उपाय लेखिएका पर्चा समेत वितरण गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.