रास्वपाका प्रदेश कमिटी सदस्यको टिप्पणी, लेवी आर्थिक पारदर्शिताको लागि, प्रशिक्षण प्रभावकारी भयो ।

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका कोसी प्रदेश कमिटी सदस्य कृष्ण रौनियारले इटहरीमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रम प्रभावकारी रहेको बताएका छन् ।

केहि सन्चार माध्यममा रवी लामिछानेबाट प्रशिक्षण लिन रास्वपा कार्यकर्ताले २ हजार ५ सय उठाइएको भन्ने भनाई प्रति आपत्ती जनाउँदै रौनियारले हरेक पार्टी लेवीबाट चल्ने बताउँदै आर्थिक पारदर्शिताको लागि पार्टीको प्रदेश कमिटीले आफ्नो खुशीले उक्त रकम उठाएको बताए ।
‘यो आतंक होइन हामी सबै सदस्य मिलेर पार्टीको कार्यक्रमलाई सफल बनाएका हौँ त्यसमा सदस्यको कुनै आपत्ती छैन र यो आतंक पनि होइन ।’बेष्ट सञ्चारसँगको कुराकानीमा रौनियारले सुनाए ।

रामधुनीको भुगोलबाट पार्टी प्रदेश कमिटीमा प्रतिनिधित्व गरीरहेको रौनियार अडिट फर्मका सञ्चालक हुन भने युवा व्यावसायी समेत हुन । रास्वपा कुन वादबाट परिचालित छ भन्ने विषयमा व्यापक चासो राखिएको बताउँदै उनले आफुहरु नेपालको भलो हुने ‘नेपालवाद’सँग नजिक रहेको बताए ।

जान्नेलाई छान्ने परिपाटी अनुसार रास्वपाले जान्ने र योग्य सदस्यलाई पार्टीको माथिल्लो बरियता सम्म पुग्न असहज नहुने बताए । पार्टीका ल्याट्रोल इन्ट्री सिस्टम भएको हुँदा योग्य उम्मेदवारलाई पार्टीले सिधै केन्द्रिय कमिटी सम्म लैजान सक्ने रौनियारको भनाई थियो ।

पार्टीको वडा कमिटीमा ११ जना र नगरमा ४४ जना सदस्य रहने नीति लिएको रास्वपाले पार्टी कमिटीमा ५१ प्रतिशत युवालाई सहभागिता गराएर लैजाने नीति लिएको रौनियार बताउँछन् ।

युवालाई अगाडी सार्ने भनिएपनि अनुभवि सदस्यबाट सुझाव र सल्लाह भने लिने बताएको छ । कोसी प्रदेश कमिटीको आर्थिक विभाग सदस्य रहेका रौनियार अहिले रास्वपा हरेक स्थानीय तहमा प्रतिपक्षको भुमिकामा देखिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.