डेंगीकाकारण धरानमा ८ जानको ज्यान गयो, २ हजार ३५३ संक्रमित

इटहरी । डेंगीका कारण धरान उपमहानगर सुनसरीमै सबैभन्दा बढी प्रभावित बनेको छ । हालसम्म धरानमा डेंगुका कारण ८ जनाको मृत्यु भएको छ । २ हजार ३५३ जना संक्रमित भेटिएका छन् । धरानमा डेंगु प्रकोपका रुपमा फैलिएको छ तर यस अघि पनि धरान डेंगु सक्रमणमा सुनसरी जिल्लाको अग्रणि पालिका थियो ।

धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको जानकारी दिएका छन् ।

उनका अनुसार परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको हो । धरानका ४ वटा वडा डेंगुबाट बढी प्रभावीत बनेका छन । धरानका११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छन् तर यी वडामा जोडिएको वडामा डेगीको प्रभाव त्यस्तो धेरै देखिएको छैन ।

संक्रमण बढेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड सञ्चालन गरेको छन भने बीपीमा डेङ्गुका लागि छुट्टै क्लिनिक पनि सञ्चालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.