स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि उपेक्षित उष्णप्रदेशीय रोगबारे सेभ द अर्थको तालिम सम्पन्न

इटहरी । सेभ द अर्थले लौकही कोसी गाउँपालीकामा स्वास्थ्यकर्मीहरुको तीनदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।

सेभ द अर्थ सुनसरीद्वारा सञ्चालित विश्वास परियोजनाको आयोजना कोसी गाउँपालीकाको समन्वय र फैरमेड संस्थाको सहयोगमा स्वास्थ्यकर्मीहरुको लागि क्षमता अभिवृद्धिका लागि उपेक्षित उष्णप्रदेशीय रोगहरु सम्बन्धि तीनदिने आधारभूत तालिम शुक्रबार सम्पन्न भएको हो ।

उष्णप्रदेशिय रोगहरुको स्क्रिनिङ, पहिचान, उपचार तथा प्रेषण सम्बन्धि क्षमता अभिवृद्धी कार्यक्रम पुनः ताजगी तालिम अन्तर्गत हाल नेपालमा एकीकृत रुपमा उष्णप्रदेशिय रोगको स्क्रीनिंग पहिचान, उपचार रोगको छुट्टा छुट्टै रही आएको छ । यस परियोजनाले नेपालमा पाईने सबै उपेक्षित रोगहरुको एकिकृत पाठ्यक्रम र प्रेषण हरेक तयार पारेर स्वास्थ्यकर्मीहरुको उपेक्षित रोगको पहिचान देखि प्रेषण सम्म गर्न सक्षम बनाउनका लागि आयोजना गरिएको कार्यक्रम उपयोगी साबित भएको आयोजक संस्थाको भनाइ छ ।

स्वास्थ्यकर्मीहरुको उपेक्षित रोग सम्बन्धि क्षमता अभिवृद्धी, स्थानिय स्वास्थ्य संस्थाबाट उपेक्षित रोग सम्बन्धि स्वास्थ्य सेवा प्रदान गर्न कार्यक्रम फलदायी भएको सहभागीहरुले बताएका छन् दुई चरणमा ३ दिन आयोजना गरिएको सो तालिममा स्थानिय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू र स्थानीय निकायमा काम गर्ने अन्य सम्पूर्ण स्वास्थ्यकर्मीहरु सहभागिता गराई प्रशिक्षण गरिएको थियो । पहिलो र दोस्रो चरण सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई २ चरणमा सहभागी गराई प्रशिक्षकहरू डा. रिजवान अन्सारी, जिवन कुमार मण्डल, पुष्प बहादुर भट्टराई, सागर प्रसाई,शोभा देवी गुरुङ, मनिष सुवेदी, कृष्ण कुमार चौधरी,प्रस्ताव पौडेल,रामनाथ साह, सन्तोष साहु , रुकसना प्रवीनले प्रशिक्षण दिएका थिए ।

सो तालिममा कुष्ट रोग, हात्तीपाइले रोग,माटोबाट सर्ने जुका , डेंगी, र चिकनगुनिया,रेबिज,सर्पदंश,लुतो, कालाजार,फिते जुका खस्रे रोगको लाग्ने कारण र बच्ने उपाय अपनाउनुपर्ने सावधानी अपनाउनु पर्ने विषयबारे विस्तृत रूपमा जानकार गराई यो तालिमको आयोजना गरियो सहभागीहरुलाई जानकारी गराइएको थियो ।

सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईको अध्यक्षता एवं कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो तालिममा उपाध्यक्ष अनितादेवी यादव, कोसी १ का अध्यक्ष सोभित नारायण यादव, कोसी २ का अध्यक्ष ध्यानी उराँव, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरप्रसाद दंगाल, कार्यपालीका सदस्य राज कुमार साह लगायतको उपस्थिति रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.