इटहरी । तराईका जिल्लामा डेंगुको संक्रमण बढेसँगै भएको रगत अभाव पूर्ती गर्न इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
संस्थाले आफ्नो उत्तरदायित्व बहन गर्दै रेडक्रसको समन्वयमा आफ्नै कार्यलय प्रांगणमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदानमा स्थानीयबासी, संस्थाका सदस्य तथा अन्यले सक्रिय सहभागिता जनाएका थिए ।
शनिबारको रक्तदानबाट १३९ पिन्ट रगत संकलन भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले बेष्ट सञ्चारलाई जानकारी दिए ।
समाजिक उत्तरदायित्व बहन गदैं संस्थाको बार्षिक कार्यक्रम तालिका अनुसार रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष शालिकराम ढकालले बताएका छन् ।
रक्तदान कार्यक्रममा संस्थाका कर्मचारीले सक्रिय सहभागिता जनाएका थिए भने कार्यक्रमको तयारीमा किसान कल्याण साकोस युवा क्लवको पनि भुमिका रहेको थियो ।