एसईई पछि होटल म्यानेजमेन्ट पढ्ने हो ?३ बर्ष पढाई,तुरुन्तै जागिर सिटिइभिटी रोज्नुहोस् (भिडियो सहित)

प्रकाश बन्जारा ।

इटहरी । एसईई पछिको उच्च शिक्षाका लागि सिटिइभिटिबाट सम्बन्धन प्राप्त होटल म्यानेजमेन्ट कोर्ष अन्य भन्दा प्रभावकारी रहेको होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीले बताएका छन् ।

कोशी प्रदेशमा नरबहादुर कर्माचार्य प्रतिष्ठानले सन्चालन गरेको बहु प्राविधिक विद्यालयमा मात्रै सन्चालन भइरहेको सिटिइभिटिको होटल म्यानेजमेन्ट कोर्षमा आकर्षित हुने विद्यार्थीको पनि उत्तिकै भिड छ ।

पढाइसँगै प्रयोगात्मक शिक्षा र त्यो पनि कोर्ष पुरा गर्नासाथ प्राविधिकको रुपमा निस्कन पाउने भएपछि विद्यार्थीको ध्यान होटल म्यानेजमेन्ट तर्फ गएको हो ।

बालि विज्ञान र सिभिल इन्जिनियरिङ्ग सँगै होटल म्यानेजमेन्ट समेत बढाउने नरबहादुर कर्माचार्य बहु प्राविधिक विद्यालय इटहरी ९ ले गुणस्तरीय शिक्षा मात्रै नभएर सिक्न योग्य वातावरण समेत उपलव्ध गराउँदै आएको सोहि विद्यालयमा होटल म्यानेजमेन्ट को ३ बर्षे डिप्लोमा अध्ययन गर्दै रहेकी इटहरीका दिक्षा दाहाल बताउँछिन् । तीन बर्षे डिप्लोमामा पहिलो सेमेस्टर मा नेपाल प्रथम समेत बनेकी दिक्षा एसईई सकेर बसेका भाइबहिनीलाई होटल म्यानेजमेन्ट तर्फ नरबहादुर कर्माचार्य पोलिटेक्निक कलेज नै रोज्न सुझाव दिन्छिन् ।

नरबहादु कर्माचार्य बहुप्राविधिक विद्यालयबाट होटल म्यानेजमेन्ट डिप्लोमामा प्रथम सेमेस्टरको नेपाल प्रथम दिक्षा दाहाल

सिटिइभिटीबाट होटल म्यानेजमेन्ट पढ्दा त्यहि सँग सान्दर्भिक विषय पढ्नुपर्ने तर अहिले बिभिन्न निजी कलेजहरुले बढाउने होटल म्यानेजमेन्ट भनेको विद्यार्थी आकर्षित गर्न व्यवस्थापनमै एक विषयमात्र होटल म्यानेजमेन्ट पढाई हुने कर्माचार्यका होटल म्यानेजमेन्ट पm्याकल्टि इन्चार्ज शम्भु माझीको भनाई छ ।

अन्य कलेजहरुले लिने भन्दा कम शुल्कमै पढाइने र ३ बर्ष अध्ययन गरेपश्चात रोजगार समेत पाउने भएपछि होटल सिटिइभिटीको होटल म्यानेजमेन्ट अरु भन्दा उपयोगी सावित भएको नरबहादुर कर्माचार्य प्रतिष्ठानका अध्यक्ष एकचन्द्र बराल बताउँछन् ।

 

कोशी प्रदेशमा झापा र इटहरीमा रहेको प्रतिष्ठानका बहु प्राविधिक विद्यालयले प्राविधि तर्फ होटल म्यानेजमेन्ट, बालि विज्ञान र सिभिल इन्जिनियरिङ्ग पढाइरहेका छन् भने अव यो बर्षबाट फार्मेसी समेत थप गर्न लागिएको नरबहादुर कर्माचार्य प्रतिष्ठान इटहरीका सचिव ज्वाला सिंह तामाङ्ग को भनाई छ ।

प्रविधिमैत्री शिक्षाबाट सहजै रोजगारी पाउने भएकाले सर्टिफिकेट मात्रै कमाउने शिक्षा भन्दा जिवन उपयोगी शिक्षा लिनु पर्ने कर्माचार्यको रसायतशास्त्रका प्रध्यापक रुपेश कुमार मिश्रले बताए ।

नरबहादुर एक नाफा नकमाउने संस्था भएकाले पनि उत्कृष्ट शिक्षा दिनमा कन्जुस्याइँ नहुने उप प्राचार्य दर्पण गुरागाईं सुनाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.