इटहरी नगरमा १ सय २८ सहकारी, ९० वटाले बुझाउँछन् मासिक विवरण एक दर्जन सहकारी हराए

इटहरी । इटहरी उपमहानगरको निगरानीमा सन्चालन भएका १२८ सहकारी मध्ये करिव ९० वटा सहकारी संस्थाले मात्रै नियमित आय व्यय तथा प्रगती विवरण नगरपालिकामा बुझाउने गरेको पाइएको छ ।

देशको नयाँ संघीय संरचना पछि नगरपालिका मातहत आएका सहकारी संस्था मध्ये १२८ वटा सहकारी संस्था इटहरी उपमहानगर अन्तर्गत रहेर कारोबार गरिरहेका भएपनि झण्डै एक दर्जन सहकारी संस्था नभेटिएको उपमहानगरको सहकारी शाखा प्रमुख बालकुमार पोखरेल बताउँछन् ।

‘१सय २८ वटा सहकारीको दर्ता हामीसँग छ तर झण्डै एक दर्जन अहिले पनि भेटिएका छैनन् कतिपय झोलामै सिमित भएको सुनिएको छ भने कतिपय निश्चित उदेश्य पुरा भएपछि निस्क्रिय रहेको बुझिएको छ ।’ सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले बेष्ट सञ्चारसँग भने ।
इटहरी उपमहानगरले नियमन गर्ने सहकारी संस्थाहरु मध्ये अहिले एक जना सञ्चालक कारागारमा रहेका छन् भने बेला बेला सहकारीबाट पिडित भएकाहरु नगरपालिकाको सम्पर्कमा आउने गरेका छन् ।

नगरले १ सय वटा सहकारीलाई कोपोमिस सपm्टवेयर सम्बन्धि तालिम दिएर युजन नेम पासवर्ड लिएको भएपनि ५१ वटा सहकारीले मात्रै कोपोमिस मार्फत वित्तीय विवरण प्रविष्ट गर्ने गरेको तथा बाँकीले कोपोसिममा विवरण प्रविष्ट गर्ने गरेको नपाइएको नगरपालिकाले बताएको छ ।

कतिपय सहकारी संस्थाहरु कम्प्युटर नै भएको अथवा कतिपयमा कम्प्युटर सम्बन्धि ज्ञान नै नभएको पाइएको सहकारी शाखाले बताएको छ ।
नगरले हालै सहकारी संस्थाहरुबाट लिएको ऋण तिर्न भन्दै सदस्यलाई कालोसुचिबाट बच्न सुचना जारी गरेको छ ।

सहकारी संस्थाबाट ऋण लिएर संस्थाको सम्पर्कमा नआउने सदस्यहरु बढेको समाचार सुनेपछि नगरपालिकाको सहकारी शाखाले लिएको ऋण समयमा तिर्न र आफ्नो सहकारीको सञ्चालक समितिको सम्पर्कमा आउन सुचना जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.