इटहरी । नरबहादुर कर्माचार्यको दशौं स्मृती दिवसको अवसर पारेर इटहरीको नरबहादुर कर्माचार्य बहु प्राविधिक विद्यालयले सर सफाइ कार्यक्रमको आयोजना गरेको छ ।
विद्यालयको कर्मचारी सहित,विद्यार्थी र अन्य सहभागीले इटहरी वडा नम्बर ९का विभिन्न सार्वजनिक स्थलमा सरसफाइ कार्यक्रम गरेका थिए । बिभिन्न क्षेत्रमा झाडु र झोला बोकेर हिडेका सञ्चालक समिति, प्रशिक्षक, कर्मचारी तथा विद्यार्थीले सरसफाइ गरेका थिए ।
नरबहादुर कर्माचार्य प्रतिष्ठानमा सुनसरी अध्यक्ष निर्मल बरालले कर्माचार्यको योगदानको चर्चा गर्दै संक्षिप्त मन्तव्य राखेको कार्यक्रमलाई ज्वाला तामाङ्ग ले संचालन गरेका थिए ।
इटहरीमा संचालन भएको कर्मचार्य प्रतिष्ठानको बहुप्राविधिक विद्यालयले बजारलाई चाहिने आवश्यक प्राविधि उत्पादन गर्दै आइरहेको छ ।