काभ्रेमा खुल्यो स्वर्गको शहर

इटहरी । काभ्रे जिल्लाको धुलिखेलमा विश्व प्रशिद्ध होटल ब्राण्ड दुषित थानीको रिसोर्ट सन्चालनमा आएको छ । दुषित थानी हिमालयन रिसोर्ट नाम दिइएको यो रिसोर्टमा हाल २८ वटा कोठा रहेका छन् भने यो बर्षको अन्त सम्ममा ७२ वटा कोठा बनाइने बताइएको छ । थाइल्याण्डबाट विकास भएको दुषित थानी शब्दको अर्थ स्वर्गको शहर भन्ने हुन्छ ।

नव निर्मित रिसोर्ट बनेपाको नमोबुद्ध नजिक निर्माण गरिएको यो होटललाई थाइल्यान्डको प्रमुख होटल तथा डेभलपमेन्ट कम्पनी दुसित इन्टरनेसनलले व्यवस्थापन गर्ने भएकाले यसको नाम दुषित थानी राखिएको हो । थाइल्याण्डका नागरिकमा स्वर्गका सात तहहरूमध्ये चौथो तहलाई दुसित हो भन्ने विश्वास रहेको छ। त्यही अर्थमा धुलिखेलमा यो होटेल निर्माण भएको होटल व्यवस्थापनले जनाएको छ।

रिसोर्टमा आउने पर्यटकलाई व्यक्तिगत सर्भरबाट सेवा प्रदान गरिने बताइएको यो रिसोर्ट नेपालमा हालसम्म खुलेका रिसोर्टमा नौलो र रमणीय भएको विकास गर्ने कम्पनीले दावी गरेको छ । होटलका हरेक कोठाबाट हिमशृङखलाको दृश्य देखिन्छ। दोस्रो चरण अन्तर्गत यो वर्षको अन्तसम्ममा होटल विस्तार गरी ७२ कोठाको बनाइने र ती मध्ये १८ वटा विशेष भिल्ला निर्माण गरिने भएको छ। होटलमा स्पा, पौडी पोखरी, ज्याकुजी, साउना, सभाहल, वेलनेस सेन्टर लगायतका सेवा उपलव्ध हुनेछन्।

होटलका जनरल म्यानेजरको रुपमा क्रिस पान्या रहेका छन् । धुलिखेलको पर्यटन मानचित्रमा यो होटलले नयाँ अध्याय थप्ने रिसोर्टको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.