रामधुनी । बालमैत्री नगरको रुपमा घोषणा भएको रामधुनी नगरपालिकाले नगरभित्रका उद्योग तथा कलकारखानामा बालश्रम भए नभएको अनुगमन गरेको छ ।
नगर प्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा सहित शिक्षा शाखा अधिकृत राजन गेलाल, महिला तथा बालबालिका शाखा र बालमैत्री सम्पर्क व्यक्ति सहितको टोलीले बजार क्षेत्रका साथै औद्योगिक क्षेत्रमा विकास भएको वडा नम्बर २ का बिभिन्न उद्योगहरुमा अनुगमन गरेको थियो ।
इलाका प्रहरी कार्यलय झुम्काका प्रहरी निरिक्षक, उद्योग वाणिज्य संघका वाणिज्य सचिव मनिष गेलाल तथा पत्रकार सहितको टोलीले केहि भारतीय बालबालिका श्रम गर्दै रहेको भेटेको थियो भने केहि पसलहरुमा नेपाली बालबालिका समेत श्रममा रहेको भेटिएको थियो ।
अनुगमनमा रहेको टोलीले १८ बर्ष उमेर नपुगेका बालबालिकालाई श्रममा नलगाउन अनुरोध गर्दै सचेत गराइएको थियो । बालमैत्री नगरको घोषणा पछि गरिएको यो पहिलो अनुगमन भएको नगरपालिकाको बालमैत्री सम्पर्क व्यक्ति अमन ढुंगेलले बताए ।
अनुगमनमा खासै बालश्रम नपाइएको केहि स्थानमा ठेकेदार मार्फत का मगर्ने केहि भारतीय भेटिएपछि उनिहरुलाई सचेत गराएर बालश्रम नलगाउने प्रतिवद्धता गर्न लगाइएको ढुंगेलले बेष्ट सञ्चारलाई बताए ।