मेडिकल अनुगमन गर्दा इनरुवामा ब्याबसायिको बिरोध, अनुगमन टोलिलाइ सटरमै थुन्ने प्रयास

इटहरी । मेडिकल सेन्टरको अनुगमन गर्न पुगेको टोलीसित सुनसरीको सदरमुकाम इनरुवामा रहेका मेडिकल ब्याबसायिले झडप गरेका छन ।

मेडिकलको अनुगमन गर्न पुगेको टोलीलाई व्यवसायीहरूले अवरोध गरेका हुन । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत सहितको टोलीलाई स्थानीय मेडिकल व्यवसायीहरूको टोलीले सटरमा थुन्ने प्रयास समेत गरेका थिए ।

अनुगमनका क्रममा कागज पत्र जाँच गर्ने क्रममा मेडिकल व्यवसायीले अनुगमन गर्न गएको टोलीलाई मेडिकल हलभित्रै थुन्ने प्रयास गरे पछि माहोल झनै अस्तब्यस्त बनेको थियो ।

मेडिकल सञ्चालकहरूले अनुगमन गर्न पुगेको टोलीलाई विराट डाइग्लोसिसस मेडिकल हलमा अनुगमन गर्ने क्रममा अवरोध गरिएको थियो ।

अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत केशव खतिवडा, स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईं, जिल्ला अस्पताल इनरुवाका मेसु घिमिरेलगायत टोलीलाई अवरोध गरेपछि जिल्ला प्रसासनले छलफलको लागि बोलाएको छ ।
मेडिकल व्यवसायीहरूले इनरुवास्थित अस्पताल चोकमा नाराबाजी गरिरहेका छन् ।

अनुगमन टोलिको उपमेयरका श्रीमान् योगेन्द्र मेहतासँग विवाद भएको थियो भने विवादपछि अर्को मेडिकलमा अनुगमन गर्न गएका बेला उपमेयरका श्रीमान् योगेन्द्रको नेतृत्वमा अनुगमन टोलीलाई दुव्र्यवहार समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.