निर्मम बन्दै इटहरी सरकार, इटहरी नमुना स्कुल र इटहरी चिल्ड्रेन स्कुलको स्वीकृती खारेज

इटहरी । इटहरी उपमहानगरपालिकाले महानगरको पत्रलाई वेवास्ता गर्दै छात्र वृद्धि विवरण नबुझाउने इटहरीका २ वटा विद्यालयको स्वीकृती खारेज गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको नगर कार्यपालिकाको कार्यालयले आइतबार एक पत्र काट्दै इटहरीको नमुना स्कुललाई पुर्व प्राथमिक तहको शिक्षण स्वीकृती रद्ध गरिएको जानकारी गराएको छ ।

त्यस्तै इटहरी चिल्ड्रेन स्कुललाई कक्षा १० सम्म दिइएको शिक्षण अनुमति समेत रद्ध गरिएको उपमहानगरले जानकारी गराएको छ । विद्यालयले उपमहानगरको निर्देशनलाई वेवास्ता गर्दै छात्र वृद्धि विवरण उपलव्ध नगराएको बताएको छ ।

उपमहानगरले गत हप्तामात्र छात्र वृद्धि विवरण उपलव्ध नगराउने इटहरीभरीमा १५ विद्यालयलाई माध्यमिक तहको लागि १ लाख र अन्यको लागि ५० हजार जरिवाना तोकेको थियो । उपमहानगरको पत्र अनुसार तोकिएको समयमा उक्त विद्यालयहरुले जरिवाना र छात्रवृति विवरण दुवै नबुझाएको भन्दै अनुमति खारेजीको निर्णय शिक्षा समितिले गरेको उपमहानगरले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.