इटहरी । जनपक्षिय पत्रकार स्वर्गीय देव कुमार अचार्य डी कौडिन्यको स्मृतीमा स्थापना गरिएको पत्रकारीता पुरस्कार यसपाला झापाका पत्रकार दिपक अधिकारीले पाएका छन् ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले पत्रकार दिपक अधिकारीलाई यसपालिको डी.कौडिण्य स्मृति पत्रकारीता पुरस्कारबाट अधिकारीलाई पुरस्कृत गरेको हो ।
पत्रकार आचार्यको २०औं स्मृतिको दिवसको अवसरमा पत्रकार अधिकारीलाई आइतबार उक्त पुरस्कार प्रदान गरेको हो । पुरसकारको राशी नगर एक्काइस हजार सहित सम्मान पत्र कोशी प्रदेश सरकारमा मन्त्री कार्यक्रमका प्रमुख अतिथी राजेन्द्र कार्कीले हस्तान्तरण गरेका थिए ।
विगत आठ वर्षदेखि प्रेस सेन्टर झापाले आचार्यको स्मृतिमा पुरस्कार स्थापना गरी वितरण गर्दै आएको छ ।
कार्यक्रममा स्व। आचार्यको जीवनी र योगदानको बारेमा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव तथा पत्रकार महासंघ प्रदेशका कोषाध्यक्ष बिमल लामिछानेले चर्चा गरेका थिए भने भने पुरस्कृत व्यक्तित्व अधिकारीकोबारे प्रेस सेन्टर नेपाल झापाका सह इञ्चार्ज झुलन रेग्मीले प्रकाश पारेका थिए ।
कार्यक्रममा नेकपा ९माओवादी केन्द्रका प्रदेश उपााध्यक्ष मणिकुमार साम्पाङ विजय, प्रेस सेन्टर नेपालका उपााध्यक्ष तथा पत्रकार महासंघ कोशी प्रदेश महासचिव विवेक गौतम, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सेन्टरका कोशी प्रदेश अध्यक्ष बिनोद घिमिरे, स्व आचार्यकी छोरी तृष्णा आचार्य, नेपाल प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराई, अग्रज पत्रकार सुब्रत न्यौपाने, पूर्व पुरस्कृत व्यक्तित्व दिपिन राई, फोनिज झापा अध्यक्ष भूमिका सुब्बा, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, नारी सञ्चार गृहकी सहसचिव जोश्ना श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
पत्रकार सुब्रत न्यौपानेले उक्त पुरस्कारको राशीको अक्षयकोषका लागि आफुले एघार हजार योगदान गर्ने समेत घोषणा गरेका थिए । उनले पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणको क्रममा शहीद हुनुभएका पत्रकार आचार्यको पदचापलाई सदैव पछ्याउनुपर्नेमा जोड दिए। उनले अग्रजहरुले देखाएको बाटोमा हिँड्नुपर्ने र उहाँहरुको योगदानलाई जीवन्त राख्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
सेन्टर झापा अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष होमप्रकाश अधिकारी र सञ्चालन सचिव पुष्प खड्काले गरेका थिए । पत्रकार डी कौडिण्यलाई ४० वर्षको उमेरमा आस्थाका आधारमा २०५९ साल साउन ७ गते झापाको चारआलीस्थित नेपाली सेनाको ब्यारेकमा हत्या गरिएको थियो ।