रामधुनी । ४१ ओैँ वि पि स्मृति दिवसको उपलक्ष्यमा रामधुनीको भा सि मा वि को प्राङ्गणमा वृक्षरोपण गरिएको छ ।
नेपाली काङ्ग्रेस रामधुनी नगर कार्यसमितिको आयोजनामा आँप कटहर लगायत विभिन्न फलफसलका सय भन्दा बडी विरुवाहरु रोपिएको हो ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य राजिव कोइरालाले नेपाली राजनीति र नेपाली साहित्यमा विपीको अतुलनीय योगदान रहेको बताए । कोइरालाले अहिले केन्द्र देखि स्थानिय तह सम्मका नेता कार्यकर्ताले विपीको विचार सिद्धान्तलाई विर्सिदै गएको बताउँदै विपीको आदर्शलाई आत्मसाथ नगर्ने हो भने काङ्ग्रेस मात्र नभएर देश पनि संकटमा पर्ने बताए ।
कार्यक्रममा पार्टीका पुर्व महाधिवेशन प्रतिनिधि बदरीनारायण चौधरी, जिल्ला सदस्य राजन कोइराला लगायत नगरका पदाधिकारी सहित नो वटै वडाका पर्टि प्रतिनिधि सहभागीता रहेको थियो ।