इटहरी । झुटो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने २ जनालाई मोरगं प्रहरीले पक्राउ गरी हिरासतमा हालेको छ ।
पक्राउ पर्नेहरूमा ताप्लेजुङ मैवाखोला गाउँपालिका ४ घर भइ हाल लेटाङ नगरपालिका ७ बस्ने ६१ वर्षीय सूर्यहाङ लिम्बू र धरान ११ बस्ने ६० वर्षीया सूर्यबहादुर लिम्बू रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पूर्व बेलायत सैनिक सूर्यहाङले बाबु बनेर पोखरा महानगरपालिका १० का रविन गुरुङ, १२ नम्बर वडा बस्ने १९ वर्षीय प्रशान्त मगर र १६ नम्बर वडाका २९ वर्षीय गणेश गुरुङलाई सुरज लिम्बू, साजन लिम्बू र सविन लिम्बूूको नाममा झुटो नागरिकता बनाएको थिए ।
छोरा बनाएर बेलायत पठाउने भन्दै नागरिकता बनाएका उनीहरूबाट सूर्यहाङले पाँच लाख लिएको अनुसन्धानमा बयान दिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका दुवैजनालाई अनुसन्धानपछि मोरङ जिल्ला अदालतमा पेस गराएपछि अदालतको आदेशमा साउन १ गते पुर्पक्षको लागि कारागार चलान गरिएको छ ।