लाल बहादुरलाई न्याय माग्दै इटहरीमा प्रदर्शन

इटहरी । इटहरी १९ घर भएका लाल बहादुर विश्वकर्मालाई अन्याय भएको भन्दै न्यायको माग सहित इटहरी चोकमा स्थानीयबासीले प्रदर्शन गरेका छन् ।

निर्धारित कार्यक्रम अनुसार इटहरी चोकमा भेला भएका गाउँले र सरोकारवालाले अदालतबाटै लाल बहादुरलाई अन्याय भएको भन्दै न्यायको माग गरेका हुन । सुन पसलमा कालिगडको रुपमा काम गर्ने लालबहादुर लाई जिल्ला अदालतले दसी ठहर गरेपनि उच्च अदालतमा पुगेका लाल बहादुरका मुद्धाको सुनुवाई अझै भएको छैन ।

सुकमित गुरुङसहित नौ जनाले २०७२ सालदेखि संचालनमा आएको सिंहदेवी ज्वेलर्स विरूद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेकोमा अरु २ सय ७५ जनाबाट १० हजारदेखि १० लाखसम्म रकम लिएर ठगी गरेको परेपछि मालिक फन्दामा पर्नुपर्नेमा जालझेल गर्दै लाल बहादुरलाई थुनामा राखिएको बताउँदै परिवारले उनको पक्षमा आन्दोलन गर्दै आएका हुन । २०७८ पुस १९ गते फैसला भएको फैसलाले १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम गर्दै  उनलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिमाना र तीन वर्ष जेल सजाय सुनाइएको छ ।

ज्वेलर्स का संचालक तथा मुख्य प्रतिवादी दिपक गजमेर हुन भने अन्य प्रतिवादीमा सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा, कमल विश्वकर्मा र उनै लालबहादुर बिक छन् । त्यसमध्ये लालबहादुर विश्वकर्मा उक्त ज्वेलर्स मा काम गर्ने कालीगढ मात्रै थिए ।

लालबहादुर निर्दोष रहेको उनको पक्षमा संसदमा समेत आवाज उठिसकेको छ तर उच्च अदालतबाट पेशी सरेको सरै हुँदा उनको फैसला अन्यौलमा छ । जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै उच्च अदालत विराटनगरमा गएको एक वर्ष हुन लाग्दासमेत फैसला नभएपछि प्रदर्शन गरिएको हो ।

उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढेपनि धेरैपटक हेर्न नमिल्ने र स्थगित हुने भएकाले लाल बहादुरको मुद्दामा सुनुवाइ सर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.