इटहरीका मासु र मिठाई पसलमा उपमहानगरको छापा भेटियो सडेगलेको मासु

इटहरी ।इटहरीमा उपमहानगरले बजार अनुगमनका क्रममा सडेगलेको मासुका साथै खान अयोग्य मिठाई फेला पारेको छ ।

मेयर हेमकर्ण पौडेलसहित पुगेको अनुगमन टोलीले मासु तथा मिठाइ पसलमा छापा मारि अखाद्य सामान बेच्ने पसलमा ताला लगाएको छ ।

अनुगमन टोलिले सामानको म्याद हेर्न थालेपछि पसलका सञ्चालकले म्याद गुज्रिएको सामान मिल्काएका थिए ।

बजार अनुगमनका क्रममा बासी, सडेगलेको मिठाई र मासु बिक्री वितरण गर्ने गरेको भेटिएको छ । बासी लगेको मासु बिक्री गने एक पसलमा उपमहानगरले ताला लगाएको छ ।

इटहरीको बीपी चौकस्थित बत्सु मिट सेन्टरले बासी र गलेको मासु बिक्रीका लागि राखिएको थियो । खान अयोग्य भेटिएपछि उपमहानगरले उक्त पसलमा ताला लगाएको हो ।

यस्तै, इटहरीका केही मिठाई पसलमा अखाद्य वस्तु भेटिएको छ । बिक्रीका लागि राखेका मिठाई तथा अन्य खाद्यवस्तुमा झिँगा भन्किएको, किरा परेको भेटिएको थियो ।

झिगा भन्किने तथा अखाद्य सामान राख्ने इटहरीको मुख्य बजारमै सञ्चालनमा रहेको नटराज मिठाई पसल समेत कारबाहीमा परेको छ । सो पसलमा म्याद गुज्रिएका खानेकुरा भेटिएको थियो ।

अनुगमन टोलीले इटहरीका विष्णु मिष्ठान्न भण्डार, नटराज मिठाई पसल, हीरा होटल, सगुन स्विट्स, बालाजी मिडाई पसल लगायतका मिठाई पसलको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अधिकांश मिठाई पसलमा भान्छा सफा नभएको, म्याद गुज्रिएका खाद्यान्न बिक्रीका लागि राखिएको, सरसफाई राम्रोसँग नभएको भेटिएको थियो ।

लापरबाही गर्ने व्यवसायीलाई सचेत गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.