इटहरी ।नगर बासीको घर नक्सा बनाउदा कन्सल्टेन्सि धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै इटहरी उपमहानगरले आफै नक्सा बनाउने सेवाको सुरुवात गरेको छ ।
नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैँले नक्सा बनाइदिने कार्य आज (सोमबार) बाट सुरु गरेको हो ।
भवन निर्माण आचारसंहिताअनुसार घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैँले नक्सा बनाउन औपचारिक रूपमा सुरु गरेको बताएको छ ।
सेवाको सुरुवात गर्दै इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिका आफैँले नक्सा बनाउन सुरु गरिएको बताए ।
सर्वसाधारणले आज साउन १ गतेदेखि यो सेवा लिन पाउने नगर प्रमुख पौडेलले बताए।
भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरुक बनाउन उपमहानगरपालिकाले नक्सा बनाइदिन लागेको उनले बताए ।