इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले खोला(पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन ३५ दिनको अल्टिमेटम आइतबार सार्वजनिक गरेको छ ।
आइतबार एक निर्देशन जारी गर्दै उपमहानगरले अतिक्रमित क्षेत्र खाली नगरे डोजर चलाउने अल्टिमेटम दिएको छ । इटहरी स्थित टेंग्रा खोला,खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न मेयर ३५ दिने सुचना सार्वजनिक भएको हो ।
इटहरीको टेंग्रा खोला,खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६/ ६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै संरचना हटाउने तयारी भएको मेयर हेमकर्ण पौडेलले जारी गरेको सुचनाले भनेको छ ।
मेयर हेमकर्ण पौडेलले उक्त खोला पैनीको दुवै तर्फ ६/ ६ मिटर नछोडी बनेका भवन संरचना ३५ दिनभित्र स्यंव हटाउन सुचना जारी गरेको जानकारी दिए ।
इटहरी उपमहानगरले दिएको समयभित्र उपरोक्त खोला तथा पैनी मिचेर बनेका अनाधिकृत भवन संरचना नहटाए उपमहानगरपालिका आँफैले त्यस्ता प्रकृतिका संरचना हटाई त्यस्ता भवन संरचना हटाउन लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने जनाएको छ ।