गुड्दै गरेको ट्रक खस्दा पाँचथरमा एकको मृत्यु

इटहरी । बाटोमा गुड्दै गरेको ट्रकले बाटो बिराउँदो पाँचथरमा एक जनाको मृत्यु भएको छ ।

आइतबार बेलुका करिव ७ बजे फिदिमबाट ताप्लेजुङतर्फ सिमेन्ट बोकेर जाँदै गरेको ना २ ख ९२१५ नम्बरको ट्रक मेची राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा ट्रकमा सवार ३८ वर्षीय लक्ष्मी तामाङको मृत्यु भएको प्रहरीले बताएको छ । ट्रक सडकबाट अन्दाजी ५० मिटर तल झरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी सहायक निरीक्षक उपेन्द्रप्रसाद यादवको नेतृत्वमा गएको प्रहरी टोलीले दुर्घटनामा परेका चालक तथा सवारी धनी ४५ वर्षीय पारसमणि थापा‚ ट्रकमा सवार ३१ वर्षीय जीवन गदाइली र तामाङ थरका एक जनालाई उद्धार गरेको थियो ।

उद्धारपछि अस्पताल पुर्‍याइएका उनीहरूमध्ये तामाङलाई चिकित्सकले मृत घोषित गरेका थिए । थप दुईको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको पाँचथर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.