बिराटनगर नाकामा कडाई भोलीदेखि भन्सार नतिरी १ रुपैँयाको सामान पनि ल्याउन नपाईने

विराटनगर । बिराटनगर उपमहानगर सहितको पहलमा सीमावर्ती जोगवनी नाकाबाट साउन १ गते सोमबारबाट १ रुपैँया बराबरको सामान पनि भन्सार नतिरी ल्याउन प्रतिवन्ध लगाइने भएको छ ।

विराटनगर बजार सुनसान भएको भन्दै विराटनगर महानगरपालिकाको पहलमा उद्योगी र व्यापारीले समेत दवाव दिएपछि जिल्ला प्रशासन कार्यलय साथै सुरक्षा निकायले भोलीबाट सिमामा कडाइ गर्ने भएका हुन ।

बजारबाट उपभोग्य वस्तुका नाममा सर्वसाधारण र व्यापारीले भन्सार नतिरी दिनहुँ करोडौं मूल्यका सामान ल्याउँदा विराटनगर बजार सुनसान व्यापारी नै पलायन हुने अवस्था आएपछि यस्तो निर्णयमा प्रशासन पुगेको बताइएको छ ।

महानगरको आग्रहमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, आन्तरिक राजश्व कार्यालय, व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, विराट व्यापार संघ, उद्योग परिसंघ र विराटनगर भन्सार कार्यालयलले सामूहिक ऐक्यबद्धता नै जनाएर कडाई गर्ने भएका हुन ।

यसअघि राजश्व चुहावट नियन्त्रण गर्ने नाममा स्थानीय प्रशासन र भन्सारले सय रुपैयाँसम्मको सामान भन्सार नतिरी ल्याउन पाउने नियम बनाएका थिए । तर सरोकारवाला निकायको बेवास्ताले सामान्य उपभोक्ताको नाममा एक पटकमा १० हजार भन्दा बढीका सामान र तस्करले ट्रकमै व्यापारिक सामान भित्र्याएर राजश्व ठगी गर्दै आएको समाचार बाहिर आएको थियो ।

महानगरको पहलमा भएको सरोकारवाला निकायको सामूहिक छलफलले जोगवनी नाकामा कडाइ नगरे स्थानीय बजार नफस्टाउने र भन्सार राजश्व असुली पनि नबढ्ने सामूहिक निचोड निकाल्दै साउन १ देखि महानगरले गर्ने नाका कडाईमा ऐक्यबद्धता जनाएका हुन ।

‘दैनिक उपभोग्य वस्तुका नाममा जोगवनी बजारबाट दिनहुँ करोडौं मूल्यका लत्ता कपडा, खाद्यान्न, भाँडावर्तन, विद्युतीय सामग्री लगायतका व्यापारिक सामान नेपाल भित्रिने गरेको छ भने ती सामानको भन्सार समेत आउँदैन । एकातिर बिना भन्सार सामान छिर्ने र अर्को तर्फ विराटनगर बजार सुनसान भएर स्थानीय व्यवसायी पलायन हुने क्रम बढेपछि सिमामा कडाई गर्न लागिएको महानगरले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.