छात्रवृत्ति विवरण नबुझाउने इटहरीका पन्ध्र बिद्यालयलाइ लाख सम्म जरिवाना, नबुझाए अनुमति खारेज

इटहरी । इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने उपमहानगरका पाँच माबि सहित १५ बिद्यालयलाइ जरिवाना गरेको छ।

नगरका शिक्षा, युवा तथा खेलकुद महाशाखाले शुक्रबार एक पत्र लेख्दै १५ बिद्यालयलाइ ७ दिन भित्र जरिवाना तिर्न भनेको हो ।

नगरले छात्रवृत्ति विवरण बुझाउन ३ पटक गरेको आह्वान लाइ समेत अटेर गर्दै विवरण नबुझाएको भन्दै माध्यमिक बिद्यालयलाइ १ लाख रुपैयाका दरले जरिवाना तोकिएको छ भने आधारभूत बिद्यालयलाइ ५० हजारका दरले जरिवाना तोकिएको छ ।

यसरि जरिवानामा पर्ने माविमा इटहरी १७ को गोल्डेन फ्युचर, इटहरी ६ का इटहरी चिल्ड्रेन र हाउट सोल एकेडेमी यस्तै इटहरि २ कि लिटल केयर र ४ को इटहरी मोडल सेकेन्डरि स्कुल छ्न ।

उनिहरुलाइ ७ दिन भित्र १ लाखका दरले जरिवाना तिर्न अल्टिमेटम दिइएको छ ।


यस्तै आधारभुत तर्फ जेलिन मन्टेस्वरि, किड्स ग्लो मन्टेस्वरि, पिस एन्ड हर्ट, पोसाङ मन्टेस्वरि, सिर्जना किन्डर गार्डेन, ह्याप्पिल्यान्ड चाइल्ड केयर ,इन्द्रेणी स्कुल, इटहरी नमूना स्कुल, जानकी मन्टेस्वरि र सुनखरि बिध्यामन्दिर लाइ ५० हजार जरिवाना सहित छात्रवृत्ति विवरण ७ दिन भित्र बुझाउन अल्टिमेटम दिइएको छ । तोकिएको जरिवाना र बिबरण नबुझाउने बिद्यालयको अनुमति पत्र खारेज हुने समेत उपमहानगरको चेतावनी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.