इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले सहकारीबाट ऋण लिएका सदस्यले समयमै आफ्नो साँवा व्याज भुक्तानी गरी सामुहिक तामा सहयोग गर्न सदस्यहरुलाई अनुरोध गरेको छ ।
शुक्रबार एक सुचना जारी गर्दै उपमहानगरको सहकारी शाखाले उपमहानगरभित्रका सहकारी संस्थाबाट ऋण लिइ कोहि सदस्यहरुले तोकिएको समयमा नियमित किस्ता, साँवा तथा व्याज समेत नबुझाइ भाका नघाएको र बचत रकम फिर्ता गर्न ताकेता गर्दा समेत अटेर गरेको भन्दै अन्य सदस्यको बचत फिर्ता गर्न सहकारी संस्थालाई अप्ठेरो परेकाले समयमै ऋणको रकम बुझाउन आग्रह गरेको हो ।
समयमा नै ऋणको किस्ता, साँवा तथा व्याज नबुझाउने सदस्यले संस्थाको सम्पर्कमा आइ संचालक समितिसँग आवश्यक छलफल गर्न उपमहानगरको सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले आग्रह गरेका छन् ।
उपमहानगरले सहकारीलाई पर्ने समस्याबाट जोगाउन तथा समस्याग्रस्त हुनबाट जोगाउन पनि सदस्यहरु नै लागिपर्न भन्दै आफ्नो जिम्मेवारी बहन गर्न उपमहानगरलाई आग्रह गरेको छ ।