इटहरी । साइकल यात्रीलाई गाडी अचानक रोकि मुक्का प्रहार गर्ने आयुष भेटवाललाई प्रहरीले पक्राउ गरेको छ ।
विपरित दिशाबाट आइरहेको साइकलका चालकलाई मुक्का हानेको भिडियो भाइरल भएपछि प्रहरीले कार चालकको व्यापक खोजी गरेको थियो । खोजी पछि प्रहरीले कार चालक बिराटनगर १९ का आयुष भेटवाल रहेको प्रमाणित गरी उनलाई पक्राउ गरेको हो ।
भेटवालले विराटनगरको राजवंशी चौकमा साइकल चालक २७ वर्षिय पवन साह लाई मुक्का प्रहार गरी गम्भीर घाइते बनाएका छन्। प्रहरीका अनुसार रातिको समय कारमा भेटवालसँगै अन्य दुई जना रहेका थिए। कारमा सवार दुई जना फरार छन ।
आयुषलाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको छ। साइकल सवार साह विपरीत दिशाबाट आएको निहुँमा आयुषले मुक्का प्रहार गरेको प्रहरीको भनाइ छ।

