इटहरी । इटहरी उपमहानगरले इटहरीको सेकेण्डरी बोर्डिंग स्कुलको होस्टलमा ताला लगाएको छ ।
इटहरी उप-महानगरपालिका वडा नम्वर ४ मा रहेको सेकेण्डरी बोर्डिंग स्कुलको होस्टल अव्यवस्थित रहेको भन्दै उपमहानगरले होस्टलमा ताला लगाएको हो ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल , उपमेयर संगिता चौधरी , प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहेता सहितको टोलीले मापदण्ड विपरित अव्यवस्थित भएको भन्दै ताला लगाएको हो ।
होस्टलमा सोमबार कक्षा ८ मा अध्यनरत छात्रको सुतेकै अबस्थामा मृत्यु भएको थियो ।मृतक
मोरङ बेलबारी नगरपालिका लालभित्तीका १३ वर्षीय जेनिस श्रेष्ठ हुन ।