इटहरीको होस्टलमा मृत भेटिए , कक्षा ८ का छात्र

इटहरी । इटहरी वडा नम्बर ४ स्थित सेकेन्डरी बाेर्डिङ स्कुलको हाेस्टेलमा एक छात्र मृत अवस्थामा भेटिएका छन् ।

मोरङ बेलबारी नगरपालिका लालभित्तीका १३ वर्षीय जेनिस श्रेष्ठ  हाेस्टलमा मृत फेला परेका हुन ।

उनी इटहरी सेकेन्डरी बोर्डिङमा कक्षा ८ मा अध्ययनरत थिए । आइतबार खाना खाएर सकुशल सुतेका विद्यार्थी सोमबार बिहान मृत अवस्थामा भेटिएपछि विद्यालय प्रशासनले प्रहरीलाई खबर गरेको बताइएको छ ।

होस्टेलमा बस्ने श्रेष्ठकोमृत्यु बारे प्रहरीको प्रारम्भिक अनुसन्धान गरि पोस्टमार्टमको लागि पठाइएको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ ।  रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने इलाका प्रहरी कार्यलय इटहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.