झुम्का ।
रामधुनी नगरपालिका वडा नम्बर ४ लालपुरमा स्थानीय युवाको आक्रमणमा परी २ युवती घाइते भएका छन् ।
सोमबार राति करिव नौ बजे रामधुनी ४ राधाकृष्ण टोलका छ जना युवाहरुले सोहि वडाको बालविकास टोल बस्ने विनिता रिसिदेव र सरस्वती रिसिदेवलाई घरमै आक्रमण गरेको प्रहरीले बताएको छ । सिसाको प्रहारबाट घाइतेको हात,टाउको लगायत शरिरको विभिन्न भागमा चोट लागेको छ ।
घटनामा संलग्न स्थानीय नितेश खड्का , करन सदा, सुमित कार्की मनिस कटवाल , रोहन राई , राजेश राई लाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । घटनाको थप अनुसन्धानको लागि थप केहीलाई इलाका प्रहरी कार्यलय बोलाएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय पकलीका प्रहरी निरिक्षक गजेन्द्र रायमाझीले जानकारी दिए । प्रनि रायमाझीका अनुसार युवाहरुले मादक पदार्थ समेत सेवन गरेको आशंका गरिएको छ ।