अव शल्यक्रिया तथा नर्मल प्रसुती इटहरीको सान्वीसिटी हस्पिटलमै

इटहरी । सुनसरीको इटहरी १६ मा सन्चालनमा आएको सान्वी सिटी हस्पिटलले जुनसुकै बिधिबाट पनि प्रसुती गराउने सेवा शुरु गरेको छ ।

झण्डै एक महिना अगाडी ७ महिनाको गर्भबाट सफल प्रसुती गराएको सान्वीले हालै पहिलो पटक शल्यक्रियाबाट सफल प्रसुती गराएको छ ।
सामान्यतया आवश्यक परिहालेको खण्डमा आईसीयु तथा एनसियु नहुँदा नर्मल प्रसुती बाहेकको प्रसुती सेवा धरान अथवा विराटनगरमा हुने गरेकोमा आईसीयु , एनआईसीयु सहित हस्पिटल सन्चालनमा आएपछि यो भेगका विरामीलाई सहज हुने भएको हो ।

सान्वीले आइतबार पनि अर्को नर्मल प्रसुती सफल गराएको हस्पिटलले बताएको छ ।स्त्री तथा प्रसुती तर्फ लामो अनुभव भएका डाक्टरहरु डा. सोमा गुप्ता र राम विशेश्वर साहको टोलीले शल्यक्रियाबाट एउटा सफल प्रसुती सान्वी सिटीमा गराइसकेका छन् भने एउटा ७ महिनाकै गर्भबाट समेत नर्मल प्रसुती गराइसकेका छन् ।

सान्वीमा आफुहरुले स्त्री तथा प्रसुती र हार्डजोनीका साथै जनरल सर्जरीलाई प्राथमिकतामा राखेर उपचार गर्ने गरी सन्चालनमा ल्याएको हस्पिटलकी निर्देशक समेत रहेकी डा. सोमा गुप्ताले बताइन ।

आफूहरुसँग एक जना नभई मल्टिपल डाक्टरहरु रहेकाले समेत उपचारमा सहजता आउने गुप्ताको दावी छ । ‘हामीसँग अनुभवि मल्टिपल डाक्टर हुनुहुन्छ हामी तुरुन्तै आवश्यकता अनुसार विरामीले चाहेको उपचार दिन सक्छौँ । ’ गुप्ताले सुनाइन ।

पछिल्लो समय इटहरी १६ लविपुरमा सन्चालनमा आएको सान्वी सिटी हस्पिटल रामधुनी नगरका बिभिन्न क्षेत्र, बराहाक्षेत्र नगरका बिभिन्न क्षेत्र, उदयपुर तथा इटहरी र आसपासका विरामीहरूका लागि उपयुक्त उपचारको गन्तव्य बन्दै गइरहेको छ । हस्पिटलमा हाडजोर्नीका लागि डा. समिर अधिकारी र सुरज दाहालको सेवा छ भने जनरल सर्जरीका डा. लवेन्द्र नारायण साह र दिपेश श्रेष्ठले सेवा दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.