इक्यानको अध्यक्षमा विष्णुहरि पाण्डेले घोषणा गरे आफ्नो उम्मेद्वारी, को को छन् प्यानलमा

प्रकाश बन्जारा ।

इटहरी ।एजुकेशन कन्सल्टेन्सी एसोसियसन नेपाल इक्यानको आशन्ना निर्वाचनमा संस्थाका पुर्व अध्यक्ष समेत रहेको विष्णुहरि पाण्डेले उम्मेद्वारी घोषणा गरेका छन् ।

शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ इक्यानको नयाँ नेतृत्वका लागि आगामी असार ३० गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा आफ्नो अध्यक्षको उम्मेद्वारी रहने पाण्डेले सामाजिक संन्जालमाफर्त आइतबार घोषणा गरेका छन् ।

एक कार्यकाल अध्यक्ष बनिसकेका पाण्डे नेतृत्व संकट टार्न आफ्नो उम्मेद्वारी भएको बताउँदै आएका छन् ।पाण्डेले चार जना अध्यक्षका आकांक्षी रहेको अवस्थामा ३ उपाध्यक्ष बनाएर उनिहरुलाई शक्तिशाली बिभागको जिम्मेवारी दिने भन्दै आफ्नो पक्षमा सर्वसम्मत को पहल गर्न आव्हान समेत गरेका छन् ।

पण्डेले आफु अध्यक्षमा निर्वाचित भएको खण्डमा २० महिनामै नेतृत्व हस्तान्तरण गर्ने, हरेक तीन महिनामा पत्रकार सम्मेलन गरेर प्रगति विवरण सार्वजनिक गर्ने, ६ महिनाभित्र इक्यानको घर खरिदका लागि काम सुरु गर्ने, घरको किस्ता तिर्नका लागि स्थायी श्रोतको व्यवस्था गर्ने एजेण्डा अघि सारेका छन् ।

शैक्षिक परामर्श क्षेत्रमा का मगर्ने संस्थाको छाता संगठनको रुपमा रहेको इक्यानले तालिम र व्यवसायीक विकासमा जोड दिने, इक्यानका शाखालाई आर्थिक अधिकार दिएर सम्पन्न बनाउने, इक्यानलाई नेता संगठनको रुपमा विकास गर्ने, सरकारसँगको लभिङ पछि धरौटी रोक्ने र जिल्लाहरुमा शाखा खोल्ने अधिकारी सुनिश्चित गर्ने योजना रहेको पाण्डेको भनाई छ ।

उनले इक्यानलाई अन्तराष्ट्रिय रुपमा परिचित गराउने योजना रहेको बताउँदै अरु देशमा संगठनहरुसँग पनि कार्यगत मित्रता बढाउने र वैदेशिक लगानीमा संचालित कम्पनीहरू र एड टेक अनलाइन संस्थाहरुलाई बन्द गर्ने सम्मका योजना लिएको पाण्डेले बताएका छन् ।

को को छन् पाण्डेको समुहमा

आफुले अध्यक्षको उम्मेद्वारी दिएसँगै पाण्डेको प्यानल सार्वजनिक हुने क्रममा छ । आफ्नो प्यानलमा पाण्डेले बासुदेव दाहाललाई महासचिवको रुपमा अघि सारेका छन् भने फिलिप कुमार डाँगी क्षेत्रीलाई सचिव, लक्ष्मी पौडेललाई भाइस प्रिसिडेन्टको रुपमा अघि सारेका छन् । यता विनोद कुमार सुवेदी कोषाध्यक्ष, साधना पुडासैनी सदस्य र शिवप्रसाद अर्यालले कार्यसमितिको सदस्यको रुपमा आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.