इटहरीको किसान कल्याणलाई कोशी प्रदेशकै उत्कृष्ट बचत तथा ऋण सहकारीको पुरस्कार

इटहरी । सुनसरीको इटहरी १६ मा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थालाई कोशी प्रदेश भरीकै बचत तथा ऋण तर्फ उत्कृष्ट सहकारीको पुरस्कार मिलेको छ ।

राष्ट्रिय सहकारी बैँकले किसान कल्याण साकोसलाई प्रदेश भरीकै बचत तथा ऋण तर्फको उत्कृष्ट सहकारीको पुरस्कार प्रदान गरेको हो ।
शनिवार विराटनगरमा आयोजिक सदस्य सम्मान तथा सहकारीको वर्तमान अवस्था एंव भावी कार्यक्रमबारे छलफलका लागि आयोजित अन्तक्र्रियामा सहकारीका अध्यक्ष शालिकराम ढकालले पुरस्कार ग्रहण गरेका थिए ।

संस्थालाई प्रदेश भरीकै उत्कृष्ट सहकारी बनाउन भुमिका खेल्ने, संचालक, लेखा सुपरिवेक्षण समिति, सल्लाहाकार तथा विभिन्न उपसमिति र कर्मचारीलाई संस्थाले आभार प्रकट गरेको छ । किसान कल्याणसँग २० हजार ५४७ सदस्य रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.