रामधुनीको यस्तो विद्यालय जहाँ विद्यालय नआए ५ आएर बिचमै छाडे दैनिक १० रुपैँया जरिवाना, ८ बर्षमा उठ्यो झण्डै २ लाख

रामधुनी । विद्यार्थीलाई नियमित कक्षामा सामेल गराउन रामधुनी नगरपालिका ६ को आदर्श माध्यमिक विद्यालयले लागु गरेको जरिवानाबाट झण्डै २ लाख रुपैँया संकलन भएको छ ।

विद्यार्थीहरु विद्यालय नआउने , आएपनि बिचमै कक्षा छाडेर हिड्ने जस्ता गतिविधि बढेपछि २०७२ सालदेखि जरिवाना लिन थालिएको आदर्श माध्यमिक विद्यालयका प्रद्यानाध्यापक रविन्द्र पौडेल बताउँछन् ।

विद्यार्थी कल्याण कोष बनाएर विद्यार्थीबाट उठेको जरिवानालाई विद्यालयले बिभिन्न विद्यालयका काममा खर्च गर्ने गरेको प्रद्यानाध्यापक पौडेलले बताए ।
विद्यालयमा बिहान एक पटक र सातौँ घण्टीमा एक पटक गरेर दुई पटक हाजिरी हुने गरेको छ । जसबाट विद्यालय आएर पनि बिचमै छाडेर जाने विद्यार्थीले दैनिक १० रुपैँया जरिवाना तिर्नुपर्छ भने विद्यालय नै नआउने विद्यार्थीले दिनको ५ रुपैँया जरिवाना तिर्नुपर्छ ।

विद्यालयका बिभिन्न गतिविधिमा अभिभावकबाट कम्प्लेन आउने गरेको भएता पनि जरिवानाको बिषयमा भने अहिले सम्म कुनै पनि कम्प्लेन नआएको विद्यालयले बताएको छ ।

कक्षामा नआउने तथा विचमै छाडेर जाने विद्यार्थीले हरेक महिला आफ्नो कक्षा शिक्षक मार्फत जरिवाना बुझाउने गरेका छन् । तर आपतकालिन अवस्थामा विद्यालयलाई जानकारी गराएर घर जाने र निवेदन दिएर विद्यालय नआउने विद्यार्थीले भने जरिवाना भर्नुपर्दैन ।

जरिवानाबाट उठेको रकम आफुहरुले बिजुली, फ्यान, विद्यालयमा चाहिने सरसफाईका सामान खरिद गर्न तथा विद्यार्थीको कल्याणका लागि खर्च गर्ने गरेको प्रद्यानाध्यापक पौडेल बताउँछन् ।

विद्यार्थीको नियमिता बढाउन कक्षा शिक्षकले ३ दिन लगातार विद्यालयमा हाजिर नहुने विद्यार्थीको अभिभावकलाई फोन सम्पर्क गरेर के कसो भएको हो भनेर बुझ्ने गरेको छ । जरिवाना भने कक्षा ४ भन्दा माथिका विद्यार्थीले भर्नुपर्छ ।

हालसम्म विद्यालयले २०७६ सालमा हालसम्मकै बढी ३५ हजार ८८५ रुपैँया जरिवाना संकलन गरेको थियो भने गत चैत्र महिनासम्म १ लाख ८९ हजार ५ सय १५ रुपैँया संकलन गरीसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.