बराहा दुध डेरीले एक सय २६ जना किसानलाई उपलव्ध गरायो प्रतिलिटर २ रुपैँया अनुदान

बराहाक्षेत्र । बराहाक्षेत्र नगरपालिका वडा नम्बर ८ मा बराह दुध डेरी सन्चालन गरेका उमेश भट्टराईले आफुले दुध संकलन गर्ने किसानलाई सरकारको तर्फबाट उपलव्ध अनुदान हस्तान्तरण गरेका छन् ।

कोशी प्रदेश सरकारले अघिल्लो बर्षको बजेटमा घोषणा गरे बमोजिमको प्रति लिटर २ रुपैँया दरको अनुदान दुग्ध उत्पादन किसानलाई हस्तान्तरण गरिएको हो । जिल्ला भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र इनरुवाका प्रमुख कुमार सिंह खत्रीले दुध उत्पादक किसानलाई अनुदान बापतको रकम हस्तान्तरण गरेका थिए ।

उमेशले सन्चालन गरेको डेरीमा दैनिक दुध दिने किसानलाई उमेशकै पहलमा सरकारबाट प्राप्त हुने अनुदान पशु विज्ञ केन्द्रले उपलव्ध गराएको हो । शनिवार बराहाक्षेत्र ८ मा आयोजित कार्यक्रमका बिच १२६ जना किसानलाई अनुदान बापतको रकम हस्तान्तरण गरिएको थियो ।

डेरीका सञ्चालक भट्टराईले आफ्नै पहलमा आफ्नो डेरीमा दुध दिएर सहयोग गर्ने उत्पादक किसानलाई टिसर्ट समेत प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै पशु विज्ञ केन्द्र इनरुवाका प्रमुख कुमार सिंह खत्रीले आगमी बर्षबाट कम्तीमा २ सय लिटर दुध बार्षिक रुपमा उपलव्ध गराउने र २ सय दिन दुध उपलव्ध गराउने किसानलाई मात्रै अनुदानमा समेटिने गरी कार्यविधि बन्दै रहेको बताए । उनले दुग्ध उत्पादक किसानलाई अनुदान बढाउने विषयमा समेत पहल भइरहेको बताएका थिए ।

किसानलाई दुध उत्पादनमा प्रोत्साहन गर्न प्रदेश सरकारले यो कामको थालनी गरेको बताउँदै अवका दिनमा नगद भन्दा पनि किसानको खाता नम्बर उपलव्ध गराएर खातामै पैसा जम्मा गरिदिने तथा चेकमार्फत भुक्तानीको व्यवस्था मिलाउन पहल गर्ने प्रमुख खत्रीले सुनाए ।

धरान कृषि बजारमा व्यवस्थापक लक्ष्मी भट्टराईले स्वागत मन्तव्य राख्दै उमेशले वैदेशिक रोजगारीबाट फर्किएर किसानलाई उत्साहित गर्दै आफ्नो काममा समेत खटेका कारण अहिले सफलता मिलेको सुनाए ।

डेरीमा हाल १०० भन्दा बढी नियमित सदस्य रहेको बताइएको छ भने किसानलाई दैनिक दुधको रेकर्ड राख्न पासबुक उपलव्ध गराइएको छ । शनिवारको कार्यक्रममा गत साउन महिना देखि गत चैत्र १५ गतेसम्म दुध उपलव्ध गराउने १२६ जना किसानलाई प्रतिलिटर २ रूपैँयाको दरले अनुदान उपलव्ध गराइएको थियो ।

उमेशलाई दुध उपलव्ध गराउने मध्ये बराहा क्षेत्रकै प्रकाश पाण्डेले २ हजार ७२९ लिटर , डम्बर पौडेल २६ सय ३ र अनिरुद्ध पौडेलले २५ सय २ लिटर दुध उपलव्ध गराउँदै प्रथम, द्धितीय र तृतीय स्थानमा अनुदान पाए । भने बाँकि किसानले पनि आफुले उपलव्ध गराएको दुधको आधारमा अनुदान पाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.