रामधुनीमा अंगदान सम्बन्धि अन्तक्र्रिया, रामधुनीका मेयर सहित ५३ जनाले गरे अंगदानको घोषणा

प्रकाश बन्जरा ।

इटहरी । रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरी सहित ५३ जनाले शुक्रबार मृत्यु पश्चात आफ्नो अंग दान गर्ने घोषणा गरेका छन् ।

रामधुनीको झुम्का स्थित कल्पवृक्ष पार्टी प्यालेसमा आयोजित अंगदान सम्बन्धि अन्तक्रिया कार्यक्रममा मेयर सहित ५३ जनाले अंगदान को इच्छापत्रमा हस्ताक्षर गरेको शहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले बताए ।

साई हस्पिटल प्रालि रामधुनी र ओखती सोलुसन काठमाण्डौको आयोजनामा शुक्रबार रामधुनीको कल्पवृक्ष पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरी अंगदान सम्बन्धि इच्छापत्रमा हस्ताक्षर गरेका हुन ।

उनले मृत्यु पश्चात आफ्नो अंगदान गर्ने इच्छापत्रमा हस्ताक्षर गर्दै अंगदान गरेको प्रमाणपत्र प्राप्त गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको मन्तव्य राख्दै नगरप्रमुख चौधरीले आफ्नो नगरमा यस्तो प्रकारको कार्यक्रम राखेकोमा आयोजकलाई धन्यवाद समेत व्यत्त गरे ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै राष्टिय प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले मोफसलमै पहिलो पटक अंगदान सम्बन्धि कार्यक्रम राखिएको भन्दै खुसी व्यक्त गरे ।

व्यक्तिको मृत्यु पर्यन्त ८ जना व्यक्तिलाई बचाउन सकिने भन्दै मस्तिस्क मृत्यु पछि गरिने अंगदानलाई व्यापक रुपमा जनचेतनामा लैजानुपर्ने बताए ।उनले अंगदानको पक्षमा रहेका भ्रमहरु चिर्दै अघि बढ्नुपर्ने धारणा राख्दै हालसम्म अंगदानको क्षेत्रमा भएका प्रयासहरूको बारेमा समेत चर्चा गरे ।
कार्यक्रममा वृहत्तर मुक्तिधाम विकास समिति इटहरीका हेम प्रसाद घिमिरे, लायन्स इटहरी क्रियटिभ लेडी की भेषजा काफ्ले , महिला सञ्जालकी योसा गुरागाईं लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

साई हस्पिटलका प्रबन्ध निर्देशक दुर्गा प्रसाद फुयालले रामधुनीमा अंगदान सम्बन्धि यक्तिको कार्यक्रम गर्न सक्नु गर्वको कुरा भएको बताए । फुयालको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई करिव एक दर्जन संघ संस्थाले सहयोग गरेका थिए । कार्यक्रममा बेष्ट सन्चार र फलैंचा अनलाइनले मिडिया सपोर्ट गरेको थियो ।कार्यक्रम डिल्लीराम भण्डारीको संयोजनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.