झुम्का । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ मा रहेको लर्डबुद्ध इन्टरनेसनल स्कुलले कक्षा ११ तथा १२ मा झुम्का आसपासका विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिने भन्दै बाहिर जानुपर्ने आवश्यकता नरहेको बताएको छ ।
विज्ञान प्रयोगशाला सहितको उत्कृष्ट शिक्षा आफुले नै प्रदान गर्ने गरेको बताउँदै लर्डबुद्धले गुणस्तरकै लागि बाहिर जानुपर्ने आवश्यकता अव नरहेको बताएको हो ।
पछिल्लो समय विद्यार्थीहरु गुणस्तर खोज्दै अन्यत्र जाने गरिएको भएपनि लर्डबुद्धले झुम्का तथा वरपरका विद्यार्थीलाई गुणस्तर खोज्नकै लागि अन्यन्त्र जानुपर्ने बाध्यता हटेको बताएको हो ।विद्यार्थीहरुले सहज रुपमा झुम्कामै गुणस्तरीय उच्च शिक्षा प्रदान गरिरहेको स्कुलका सँस्थापक प्राचार्य अर्जुनप्रसाद न्यौपाने बताउँछन् ।
सूचना प्रविधिको क्षेत्रमा समेत अग्रणी भुमिकामा आफूहरु रहेको बताउँँदै न्यौपानेले रामधुनी तथा झुम्काका विद्यार्थीलाई विभिन्न बहानामा इटहरीका कलेजहरु चहार्नुपर्ने बाध्यता नरहेको बताए ।
बेष्ट सञ्चारसँगको कुराकानीमा उनले आफूहरुले विज्ञान संकाय, कम्प्युटर विज्ञान र व्यवस्थापनका विषयमा कक्षा ११ र १२ मा अध्यापन गरिराइरहेको पनि बताए ।
विज्ञान विषयमा देशलाई चाहिने जनशक्ति उत्पादनमा लर्डबुद्धले उच्चकोटिको विज्ञान प्रयोगशाला गतवर्ष मात्र तयार गरेको बताएको छ ।
रामधुनी अर्थात् झुम्काको निजी विद्यालयहरुको इतिहासमा दमदार उपस्थिति जनाएको लर्डबुद्धले २०६८ सालबाट उच्च शिक्षा अर्थात् ११ र १२ कक्षाको पढाइ सञ्चालन गरेको हो ।
उच्च शिक्षाका विद्यार्थीकै लागि भनेर आउटडोर खेलमा भलिबल, फुटबल तथा बास्केटबलको प्रशिक्षक सहितको खेल खेलाइरहेको लर्डबुद्धले यसपालि क्रिकेटप्रेमी विद्यार्थीको लागि क्रिकेट मैदानसमेत बनाइसकेको छ ।
शिक्षासँगै स्पोर्टसलाई जोड्ने हिसाबले आफूले क्रिकेट मैदानको निर्माण गरेको प्राचार्य न्यौपानेको भनाई थियो । लर्डबुद्धले बास्केटबलको लागि प्रशिक्षक नै ल्याएर विद्यार्थीहरुलाई सिकाउने बताएको छ भने विद्यालय टपरहरुलाई शत प्रतिशत छात्रवृद्धिका साथै दलित समुदायको प्रतिनिधित्व गर्नेलाई समेत छात्रवृद्धिको व्यावस्था गरेको बताएको छ ।
विद्यालयले प्यावसन, हिसान र एन प्यावसनको स्पोर्टस मिटको जिल्ला तहमा सहभागि भएका विद्यार्थीलाई छात्रवृद्धिको व्यावस्था गरेको बताएको छ । साथै इन्टान्स टपरलाई समेत शत प्रतिशत छात्रवृद्धि प्रदान गर्ने योजना रहेको प्राचार्य न्यौपाने बताउँछन् ।