इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल दुई लाख रुपियाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई घुस रकमसहित पक्राउ गरेको हो ।
अख्तियारको टोलीले ढकाललाई कार्यकक्षबाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय इटहरीले जनाएको छ ।
ढकालले नगरपालिका कार्यालयको विभिन्न मर्मत–सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिदैँ थिए । ढकालमाथि थप अनुसन्धान भइरहेको अख्यितारले पक्राउ परेका उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको छ ।

