हिजो कांग्रेसको नेतृत्वमा सरकार गठन, आज अवैधानिक भन्दै सर्वोच्चमा मुद्धा, आइतबार पेशी

इटहरी । नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेको कोशी प्रदेश सरकारको अवैधानिक भन्दै शुक्रबार मुद्धा दर्ता भएको छ ।

नवगठित सरकारमा सभामुखले निर्णायक मत दिँदै नेपाली कांग्रेसको पक्षमा बहुमत पुर्याएपछि निवर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सवोच्च अदालतमा मुद्धा दायर गरेका हुन ।

एमालेले प्रदेश प्रमुख परशुराम खापुङ्ग, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता भएको हो ।

संविधानको धारा १६८ ९२० बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ ९३० अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गरिनुपर्ने माग राख्दै रिट निवेदन दर्ता गराएको कोशी प्रदेशका एमाले संसदीय दलले जानकारी दिएको छ ।

उपधारा २ अन्तर्गत दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभाबाट बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने कानुनी व्यवस्था छ । उपधारा ३ अन्तर्गत प्रदेशसभामा सबैभन्दा बढी सदस्य रहेको ठुलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

जुनसुकै व्यवस्थाअनुसार नियुक्त भएपनि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत प्राप्त गर्न नसके पदमुक्त हुने कानुनी व्यवस्था छ ।

कोशीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । गठबन्धन दलहरूका तर्फबाट ४६ मात्रै पुगेपछि सभामुखलाई समेत जोडेर बहुमत पुर्‍याउँदै थापा मुख्यमन्त्री बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.