इटहरी । रामधुनी नगरक्षेत्रमा भएका जग्गाको भु उपयोग वर्गिकरण सकिएसँगै कित्ताकाट खुल्ला भएको छ ।
नगरले भु उपयोग ऐन पारित गरेर नापि बिभागमा बुझाएसँगै नापि बिभागले कित्ताकाट खुल्ला गरेको छ । जग्गाको बर्गिकरण अनुसार मात्रै जग्गाको उपयोग हुनुपर्ने नीति सहित लामो कसरतबाट नगरले वर्गिकरण टुंगाएको हो ।
रामधुनी नगरले भु उपयोगको वर्गिकरण टुगाएसँगै गत जेठ ४ गते नै राजपत्रमा प्रकाशित भएको थियो । जग्गा खरिदबिक्रि गर्दा वडा तथा नगरबाट लैजाने सिफारिसमा नगरले गरेको जग्गाको वर्गिकरणको स्पष्ट विवरण सहित उपस्थित हुन जिल्ला मालपोत कार्यलय इनरुवाले अनुरोध गरेको छ