पूर्वेली क्लवले गर्यो इटहरीमा वृक्षारोपण

इटहरी ।  इटहरी ४ मा रहेको पूर्वेली क्लवले कोशी राजमार्गको इटहरी धरान सडक खण्डको बगैँचा खण्डमा वृक्षारोपण गरेको छ ।

सुन्दर स्वच्छ हरियाली इटहरी बनाउन थोरै भएपनि मद्दत पुर्याउने उदेश्यका साथ इटहरी सरकार को सहयोगमा पुर्बेली क्लब इटहरी ले वृक्षारोपण कार्यक्रम गरेको पूर्वेली क्लवका अध्यक्ष झलक वनले बताए ।

कार्यक्रममा वडा नम्बर ४ का जनप्रतिनिधि अमृत बस्नेत, जेष्ठ नागरिक रमेश बिष्ट, क्लवका संरक्षक एंव दस्नामी समाज इटहरीका पुजा पुरि, बिन्दा गिरि समाजसेवा गौरी मान परियार, हिरा आचार्य, वडा नम्बर ४ कै समाजसेवी रमेश खत्री लगायतको उपस्थिती रहेको थियो । शहरलाई हरित शहरमा विकास गर्ने उदेश्यले धुपीको विरुवा रोपेको पूर्वेली क्लवले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.