इटहरी । गर्मी बढेसँगै डेंगुको सक्रमण पनि बढेपछि यसको प्रभाव अहिले धेरै हस्पिटलहरुमा सुनिनथालेको छ । वर्षायामसँगै डेगुको संक्रमण बाट धरानमा ३० बर्षिय युवाको मृत्यु समेत भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार केही दिनअघि सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३० वर्षीय एक युवाको मृत्यु भएको हो।
महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा। गोकर्ण दाहालका अनुसार हाल धरानमा डेगु संक्रमितको संख्या बढिरहेको छ।
डा. दाहालका अनुसार पछिल्लो समय धरानमा ७५ जनामा डेंगु पुष्टि भएको छ।
अहिले धरानमा अलि बढी डेंगुका बिरामी देखिन थालेको छ, एक जना संक्रमितको मृत्यु समेत भएको पुष्टि भएको छ, संक्रमण बढ्दै जाँदा स्थानीय तहसँग समन्वय गरेर संक्रमण नियन्त्रण कार्यसमेत भइरहेको छ’ डा दाहालले बताएका छन् ।
धरान मात्रै होइन बिस्तारै देशका अन्य जिल्लाहरूबाट डेंगुका केशहरू रिपोटिङको संख्या बढेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बताउँदछ । यो वर्ष मात्रै हालसम्म देशभर एक हजार २४ वटा डेंगुको बिरामी रिपोटिङ भइसकेको महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा।दाहालको भनाइ रहेको छ।