साई हस्पिटल र ओखती सलुसनले झुम्कामा अंगदान सम्बन्धि वृहत अन्तक्रिया गर्ने

रामधुनी । अंगदान जिवनदान भन्ने नाराका साथ रामधुनी १ मा रहेको साई हस्पिटल प्रालि र ओखती सलुसन काठमाण्डौको आयोजनामा वृहत अंगदान सम्बन्धि अन्तक्रिर्या तथा इच्छापत्र हस्ताक्षर कार्यक्रम हुने भएको छ ।

आगामी असार २२ गते झुम्काको कल्पवृक्ष पार्टी प्यालेसमा वृहत कार्यक्रमको आयोजना गर्न लागिएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । झुम्काको साई हस्पिटलममा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक समेत रहेका डिल्लिराम भण्डारीले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा सम्बन्धि वृहत कार्यक्रम आयोजना हुन लागेको बताए ।

मानिसको मृत्युपछि सढेर तथा डढेर जाने अंग कसैलाई काम लाग्ने भन्दै अंगदानलाई अभियानमा लैजानको लागि कार्यक्रमको आयोजना गर्न लागिएको भण्डारीले बताए ।

रगत दान जस्तै अंगदानको समेत प्रक्रिया भएपनि अंगदालको अभियान चल्न नसक्दा कतिपय जिवनहरु अझै कारुणिक अवस्थामा रहेको बताउँदै भणडरीले अव चाँडै कोशी प्रदेशमै अंगहरुको एउटा बैँक सन्चालन गर्ने तयारीका साथ वृहत रुपमा लाग्ने बताए ।

मानिसको मृत्यु पछि डढेर तथा गलेर जाने हाम्रो शरिरको अगलाई दान गरेर कसैलाई नयाँ जिवन दिन सकिन्छ अगहरु जस्ताको तस्तै दान गर्न योग्य हुन्छन् हामीले कतिपय जिवित रहँदा अर्थात मृत्यु पुर्व गरिने अंगदान र मृत्यु पश्चात गरिने अगदानको विषयलाई समेटेर कोशी प्रदेशको रामधुनी नगरपालिका झुम्कामा अन्तक्रिया तथा बृहत अंगदान कार्यक्रम आयोजना गर्न बताइएको छ ।

फोक्सो ,सानो आन्द्रा , कलेजो ,अग्नाशय , छाला ,आँखा , मृगौला जस्ता अंग इच्छापत्र हस्ताक्षर कार्यक्रम हुने भएको हो । कार्यक्रममा जिवित रहँदा तथा मृत्यु पर्यन्त पनि कुन कुन अंगहरु दान गर्न सकिन्छ भनेर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा। पुकार चन्द्र श्रेष्ठ को उपस्थितीमा हुने कार्यक्रममा सुनसरी, मोरङ तथा आसपासका क्षेत्रबाट दुई बढीको उपस्थिती रहने अनुमान गरीएको छ । कार्यक्रमको मिडिया पार्टनरको रुपमा वेष्ट सन्चार र फलैंचा न्युज डट कम रहेको समेत कार्यक्रममा जानकारी दिइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.